बरामद गरिएको १५ किलो सुन नक्कली !
मंगलबार बिहानै कमलादीस्थित कृष्ण पाउरोटीनजिकै स्कर्पियो गाडी चेकजाँचका क्रममा नेपाल प्रहरीले कमलादीबाट बरामद गरेको करिब १५ केजी सुन नक्कली रहेको बताइएको छ । शंकास्पद व्यवहार देखाएपछि प्रहरीले पिछा गर्दा उनीहरुले सो नक्कली सुन र दुई थान पेस्तोल छाडेर भागेको बताइएको छ ।
प्रहरीले बरामद गरेको १५ किलो सुन परीक्षणका क्रममा एक पिस बाहेक अरु सबै नक्कली भएको महानगरीय काठमाडौं प्रहरी परिसरले बताएको छ । यसबारे विस्तृत विवरण केहिबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ ।