पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर !


मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर भएका छन् । अभियोजन पक्षले रजाकले सरकारी कोषबाट कम्तीमा एक करोड अमेरिकी डलर आफ्नो खातामा ट्रान्सफर गरेको आरोप लगाएका छन् ।


यो मुद्दा वन–एम–डी–बी नामको एक सरकारी कोषसँग जोडिएको छ, जसलाई पूर्वप्रधानमन्त्री रजाकले आफ्नो प्रभावमा दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

पूर्वप्रधानमन्त्रीविरुद्ध यस्ता कम्तीमा तीन वटा मुद्दा चलिरहेको छ, जसमध्ये यो पहिलो मुद्दा हो, जसको फैसला आएको हो । मलेसियामा दुई वर्षअघि एक ऐतिहासिक चुनावमा मतदाताले नजिब रजाकलाई सत्ताबाट बाहिरको बाटो देखाइदिएका थिए । नजिब रजाक आफूमाथि लागेको आरोप अस्वीकार गर्छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?