कुर्चि बचाउन लिप्त ओलि सरकार इतिहासकै निकम्मा र असफलः पुर्व सिचाँईमन्त्री गिरी !
बुधबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाँईमन्त्री दिपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको दाबी गरेका छन् । गिरीले वर्तमान सरकार जनताको समृद्धिका सवालमा निकम्मा सावित भएको पनि आरोप लगाए ।
विश्वव्यापी कोरोना संक्रमणका वेला आम नागरिकको ज्यान जोगाउन विश्व अघि बढिरहेका वेला वर्तमान कम्युनिष्ट नेतृत्वको सरकार भने कुर्चि बचाउन मात्र लिप्त भएको उनको टिप्पणी छ । ‘फरक दृष्टिकोणका दुइ कम्युनिष्टबीचको अपवित्र गठवन्धनले करिब दुइ तिहाइ बहुमत यो सरकारले पाएपनि अल्पसंख्यक नागरीकलाइ समेत यो सरकारले संबोधन गर्न सकेको छैन, मलाइ लाग्छ, यो मुलुककै इतिहासमा निकम्मा र असफल सरकार हो’ केन्द्रिय सदस्य गिरीले भने ।
फरक–फरक ध्रुवका दुइ वटा कम्युनिष्ट पार्टी एकता मुलुकको समृद्धिका लागि नभएर मुलुकलाइ लुट्नका लागिमात्रै उद्धत रहेको भन्दै गिरीले यो एकताले जनतालाइ झुक्याएको बताए । तर अब जनता झुक्किने अवस्था नरहेकोपनि उनको अभिव्यक्ति थियो । रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख वत्ताका रुपमा रहेका गिरीले सरकारले बैज्ञानिक आधारविनै खोलेको लकडाउन जनताको कर अशुल्नका लागिमात्र केन्द्रित रहेको बताए ।
कोभिड नियन्त्रणकै सवालमा अरबौं रुपैयाँ घोटला गरीरहेको सरकारले जनताको जिउज्यान जोगाउने र कोरोनाको उपचार गर्नेतर्फ कुनैपनि अर्थपुर्ण पहल गर्न नसकेको पनि बताए ।