प्रेमिकासँग अश्लिल भिडिओ बनाएर इन्टरनेटमा राखेपछि.. !


कञ्चनपुरमा एक युवकले आफ्नी प्रेमिकासँग अश्लिल भिडियो बनाएर इन्टरनेटमा राखेको आरोपमा पक्राउ गरिएको छ । आफ्नी प्रेमिकासँगको अश्लिल भिडिओ बनाएर इन्टरनेटमा राख्ने कृष्णपुर नगरपालिका वडा नम्बर–५ का २० वर्षीय मोहनराज भट्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

केही समयदेखि प्रेमसम्बन्धमा रहेका बेला भिडिओ बनाइएको र अहिले एकापसमा तिक्तता बढेपछि इन्टरनेटमा राखिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

विवाह गर्ने प्रलोभनमा पारेर जबर्जस्तीकरणी गरी अश्लिल भिडिओ समेत बनाएको आरोपमा पीडित पक्षले मुद्दा दायर गरेका छन् । साउन १० गते नै युवकलाई पक्राउ गरिएको र म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?