मिस वल्र्ड २०१४ को उपाधि चुमिन दक्षिण अफ्रिकाकी सुन्दरी रोलिनीले, नेपाली सुविन लिम्बु पहिलो चरणबाटै बाहिर
दक्षिण अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वल्र्ड २०१४ को उपाधी चुमेकी छिन् । यस बर्षको विश्व सुन्दरी प्रतियोगिता बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । विश्वका विभिन्न १२५ देशबाट सुन्दरीहरु प्रतिस्पर्धामा भाग लिन लण्डन पुगेका थिए । विश्व सुन्दरीको ताज पहिरिँदै गर्नँ रोलिनीको आँखा रसाएका थिए । उनले तपाई किन नयाँ मिस वल्र्ड बन्न चाहनुहुन्छ रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन् ।
यस्तै, फस्ट रनरअपको उपाधी हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् । विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । त्यस्तै नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी थिइन्। सन् १९५१ पछि दोस्रो पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोस्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए । मिस वल्र्डको स्टेजमा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् । साथै उनलाई सम्मान पनि गरिएको थियो।