जगदम्बाका प्रमुख कार्यकारी अधिकृतको कोरोनाबाट मृत्यु !


कोरोना संक्रमणबाट जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ । ५६ वर्षीय ती पुरुषको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनी ‘मुटुको रोगी थिए । कोरोना लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।’

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ । बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?