त्रिविको परीक्षा सर्ने, भदौको पहिलो सातामा गर्ने तयारी !


त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा लिने ना नलिने टुङगो भदौ दोस्रो सातामा गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय , इन्जिनियरिङ अध्ययन संस्थान लगायत निकायले भदौको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएतापनि त्रिविले अहिलेनै परीक्षाको विषयमा निर्णय गर्नसक्ने अवस्था नभएको जनाएको छ ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले अहिले परीक्षाको मिति तय भएपनि सो मितिमा हुने वा नहुने भन्ने नभैससकेको बताए । उनले भने– ,’भदौ १ गतेबाट लामो दुरीको सवारी साधान सञ्चालन भएपछि कति विद्यार्थी परीक्षाकेन्द्र वा क्याम्पसमा पुग्छन भन्ने विषयले परीक्षाको समय निर्धारण हुनेछ । ‘उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र बाढी पहिरोले गम्भीर असर पारेको कारण केही दिन परीक्षा सर्नसक्ने बताए ।

‘पहिला लामो दुरीको सवारी सञ्चालन भएपछि कति विद्यार्थी गन्तब्यमाम पुग्छन् सोही आधारमा परीक्षाको निर्णय गर्नेछौ’–उपकुलपति प्राडा वास्कोटाले भने । ‘अहिले परीक्षाको लागि तयार हुनुस् भदौ पहिलोसातबाट कस्तो अवस्था आउछ सोही अनुसार निर्णय गर्नेछौ’उनले भने ।

सरकारले भदौ १ गतेदेखि विद्यालय खुला गर्ने जनाएसंगै त्रिविले परीक्षाको तयारी गरेको थियो । तर चौतर्फी दबाब आएपछि त्रिविले विश्लेषण गरेर मात्रै परीक्षा सञ्चालन गर्ने जनाएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?