नेप्सेमा सूचीकृत १५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम !


नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएका ३३ ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा जलविद्युत कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ । पछिल्लो समयमा लगानीकर्ताहरुको रोजाइमा नपरेकाले पनि जलविद्युत् कम्पनीको शेयरमा मूल्यमा कमि आएको हो । १५ ओटा कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य खानी खोला हाइड्रोपावर कम्पनीको रहेको छ । गत हप्ता धेरै जसो जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू ५५ मा पुगेको छ ।

यसरी हेर्दा लगानीकर्ताहरुले कम मूल्य भएका कम्पनीको शेयर मूल्य बढेको बजारमा अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गरेको पाइन्छ । नेप्सेमा सूचीकृत ३१ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा कम्पनी बाहेक बाँकी कम्पनीको शेयर मूल्य रू. १०० भन्दा बढी रहेको छ । सबैभन्दा बढी शेयर मूल्य भएको जलविद्युत् कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९५ रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?