पाँच जना बन्धक बनाइएको स्थलबाट बाहरि आउन सफल, प्रहरीले सिड्नीको मार्टिनप्लेसमा बन्धक बनाउनेसँग मध्यस्थकर्तामार्फत सम्पर्क गरेको भनाई


opera

पाँच जना भवन बाहिर निस्किए

दुई दिनको बिदापछि सोमबारबाट खुलेको कार्यालयहरका निम्ति सिड्नीका सर्वसाधारणहरु लाग्दैगर्दा विहान करिब पौने देशबजेबाट सिड्नीको लिन्ड्ट क्याफेमा हतियारधारीले केही व्यक्तिलाई बन्धक बनाएको घटना लीम्बदै गएको छ। दुई थप महिला निस्केपछि अब पाँच जना बन्धक बनाइएको स्थलबाट बाहरि आउन सफल भएका छन्। यससँगै प्रहरीले बन्धक बनाउने व्यक्तिसँग सम्पर्क भएको पनि जनाएको छ। उसको मागका विषयमा कुराकानी भइरहेको छ। मध्यस्थकर्ताहरुले यस्तो सम्पर्क गरेको प्रहरी भनाई छ। सकेसम्म शान्तिपूर्ण रुपमा नै घटनालाई सुल्झाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ। र, धैर्यतापूर्वक रहन आग्रह गरेको छ। प्रहरी प्रवक्ताले सर्वसाधारणलाई धैर्यतापूर्वक बस्न र आफ्नो आफ्नो काममा लाग्न आग्रह गरेका छन्। मार्टिन प्लेसमा रहेका भवनहरुमा हुनेहरुलाई त्यहीँ रहन र अन्यत्र भएकाहरुलाई आफ्नो नियमित काममा र्फन प्रहरीले आग्रह गरेको हो। प्रहरीले यसलाई शान्तिपूर्ण रुपमा सुल्झाउनका निम्ति समय लाग्नसक्ने र यसमा धैर्यता आवश्यक भएको बताएका छन्।

अष्ट्रेलियाको सिड्नी सिटीस्थित मार्टिनप्लेसस्थित एक रेष्टुरेन्टमा केही व्यक्तिहरुलाई बन्धक बनाइएको छ । करिब ५ घण्टा बितिसक्दा पनि सिड्नी प्रहरीले बन्धक बनाउने गिरोहसँग कुनै सम्पर्क बनाउन सकेको छैन। क्याफेभित्र एकजना हतियारधारी मात्र रहेको प्रहरीले दाबी गरेको छ।यतिबेला विश्वकै ध्यान सिड्नीमा केन्द्रित बनेको छ। प्रहरीले मानवीय क्षति नहोस् भन्नका निम्ति आफ्नो गतिविधिलाई सीमित तुल्याए पनि विभिन्नखाले प्रयासहरु भइरहेका छन्। घटनास्थलबाहिर रहेका व्यक्तिहरुलाई निकालिसकिएको छ। र प्रहरी यतिबेला कुनैपनि परिस्थितिको निम्ति तयार भएर रहेको पत्रकार सम्मेलन मार्फत सिड्नी प्रहरीले जनाएको छ। यतिबेला प्रहरीले चारैतर्फबाट घेरेर अपरेशन अघि बढाएका छन् । घटनास्थललाई नियन्त्रणमा लिएको र बन्धक बनाउने र बनाइएकाहरुसँग सम्पर्कको प्रयास भइरहेको एनएसडब्लु प्रहरीले जनाएको छ । साथै, शान्त रहन र सहयोग गर्न पनि उसले आग्रह गरेको छ । हन्टर स्ट्रीट, जर्ज स्ट्रीट, एलिजावेथ स्ट्रीट, मक्वाईरी स्ट्रीटमा रहेका व्यक्तिहरुलाई घरभित्रै रहन र झ्याल खोलेर बाहिर नहेर्न भनिएको छ । त्यस बाहेकका स्थानका व्यक्तिहरु आउन र जान स्वतन्त्र रहनेछन् । साथै, प्रहरील मिडियालाई पनि घटनाबारे तथ्य र सही सूचना मात्रै दिन र अनावश्यक सूचना नदिन भनेको छ । एउटा अरविक अक्षरमा लेखिएको झण्डा पनि बन्धक बनाइएको ठाउँमा देखिएका कारण यसलाई गम्भीरतापूर्वक लिइएको छ । झण्डामा अल्लाहबाहेक अरु कुनै भगवान पूजागर्नयोगय छैनन् भन्ने लेखिएको छ।  यसैबीच, प्रधानमन्त्री टोनी एबोटले एक विज्ञप्ती जारी गर्दै घटनाका विषयमा भर्खरै न्यू साउथ वेल्सका प्रिमियरसँग कुराकानी भएको र सुरक्षाकर्मी आफ्नो व्यवसायिक क्षमताका साथ यस घटनामा परिचालित रहेकोले चिन्ता गर्नुपर्ने विषय नरहेको र धैर्यतापूर्वक सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । यस विषयमा सम्भावित सबै उपायहरु अवलम्बन गरिने पनि उहाँले आफ्नो वक्तव्यमा जनाउनुभएको छ । यसैगरी, ट्रान्सपोर्ट मिनिष्टर वारेन ट्रसले सिड्नी एयरपोर्टमा विमानहरु उडान र अवतरण नरोकिएको बताउनुभएको छ । केहीबेरअघि एउटा व्यक्तिले विमानस्थल बन्द गरिएको ट्वीटरमा लेखेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?