लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त !


काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

१२ साउनमा बसेको बैठकमै सीईओ नियुक्त गर्ने प्रस्ताव लगिए पनि आज निर्णय भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टका साथै रामकृष्ण खतिवडा र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो ।

योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालको लागि सीईओ नियुक्त भएका हुन् । लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्टलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?