तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाअध्यक्ष बलात्कारको आरोपमा पक्राउ


काठमाडौँ । गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरिएको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए । बिहे गर्ने प्रलोभन दिएर पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको एसपी गुरुङले बताए ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी पालुङटार नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहज बनाउन तत्कालका लागि रानाभाटलाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?