सत्र घण्टापछि सकियो सिड्नीको क्याफे बन्धक प्रकरण, एनएसडब्लु प्रहरीबाट पुष्टि
अन्ततः करिब १७ घण्टाको तनावपूर्ण स्थितिको अन्त्य भएको छ । न्यू साउथ वेल्स प्रहरीले सिड्नीको मार्टिन प्लेसस्थित लिन्ड चकलेट क्याफेमा भएको बन्धक प्रकरण अन्त्य भएको जानकारी दिएको छ । राति करिब तीन बजे प्रहरीले गरेको कारवाहीमा यस्तो सफलता मिलेको हो । यससँगै बन्धक बनाइएकाहरु मुक्त भएका छन् । र, थप विवरण केहीबेरमा दिने प्रहरीले जानाएको छ । यसअघि ठूलो मात्रामा हतियारधारी प्रहरी भवनमा प्रवेश गरेका थिए र मेशिन गनको ठूलो आवाज सुनिएको थियो । बन्धक बनाउने बन्दुकधारी घटनामा मारिएको जनाइएको छ। यद्यपि, अन्य क्षतिको विवरण आउन बाँकी छ।
Earlier …
सिड्नीको मार्टिनप्लेसमा भएको बन्धक प्रकरण अझै लम्बिने संकेत देखिएको छ । स्थानीय समय अनुसार साँढे ८ बजे पत्रकार सम्मेलन आयोजना गर्दै न्यू साउथ वेल्सका प्रिमियर र कमिश्नरले दिएको अभिव्यक्तिले यस्तो संकेत मिलेको हो । न्यू साउथवेल्सका प्रहरी कमश्निरले भनेका छन्, मार्टिन प्लेस र यसको वरिपरि जान आवश्यक छैन । किनकि त्यहाँ हेर्नपर्ने र देखिने केही पनि छैन । यसबाट उनले संकेत गरेका छन् कि सरकारसँग बन्धक बनाउने व्यक्तिको प्रत्यक्ष सम्पर्क भइसकेको छ । र, उसैको माग अनुसार यी सम्पूर्ण गतिविधिहरु थोरैभन्दा थोरै मात्र सबैको जानकारीका लागि दिइएको छ । तर, यी सबै कुराको उद्देश्य त्यहाँ रहेका सबैजनाको सकुशल र शान्तिपूर्ण रिहाई हो । यसैका लागि उनीहरु जुटिरहेका छन् । न्यू साउथवेल्सका प्रहरी कमश्निर एन्ड्रयू साईपोनीले ५ जना रिहा भएको स्वीकार गरेका छन् र भनेका छन् उनीहरु यतिखेर स्वस्थ छन् । उनीहरुको अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । रिहा भएका व्यक्तिहरुलाई सञ्चार माध्यमसँग भेट्न दिइएको छैन । यस्तै यहाँ अझै धेरै काम गर्न बाँकी रहेकोतर्फ उनले संकेत गरेका छन् । यसअघि यू साउथ वेल्सका प्रिमियर माईक बैर्डले मार्टिन प्लेसलाई अन्यत्रबाट अलग्गै राखेर निषेधित क्षेत्र तोकिएको र यस क्षेत्रमा काम गर्नेहरुले भोलि मंगलबार पनि आप्mनै घरबाट काम गर्ने विषयमा विचार गर्न आग्रह गरेका छन् । यसको संकेत हुन्छ, यो अपरेशन अझै लामो समय जानसक्छ । त्यस्तो माग बन्दुधारीले राखेका छन् जसका निम्ति समय लाग्न सक्छ । र, प्रहरीले पनि पहिलो प्रथमिकतामा आम साधारणको जीवनलाई राखेको छ । एनएसडब्लुका प्रहरी कमिश्नरका साथ उपस्थित भएका प्रियर ले भनेका छन्, हामीले जसरी यस घटनालाई प्रतिक्रिया दिनुपर्ने थियो त्यसैगरी दिएका छौं । तर, म सोचिरहेको छु, ति व्यक्तिहरु जो बन्धक भएका छन् । हामी उनीहरु र उनका परिवारको निम्ति प्रार्थना गरौं । यसैबीच, लकेम्बामा केही मुश्लिम धर्मावलम्बीहरुले स्थानीय मस्जिदमा जम्मा भई मैनबत्ति बालेर शान्तिपूर्ण रुपमा यसको समाधान होस् भन्ने कामना गरेका छन् ।
यसअघिको अपडेट
दुई दिनको बिदापछि सोमबारबाट खुलेको कार्यालयहरका निम्ति सिड्नीका सर्वसाधारणहरु लाग्दैगर्दा विहान करिब पौने देशबजेबाट सिड्नीको लिन्ड्ट क्याफेमा हतियारधारीले केही व्यक्तिलाई बन्धक बनाएको घटना लीम्बदै गएको छ। दुई थप महिला निस्केपछि अब पाँच जना बन्धक बनाइएको स्थलबाट बाहरि आउन सफल भएका छन्। यससँगै प्रहरीले बन्धक बनाउने व्यक्तिसँग सम्पर्क भएको पनि जनाएको छ। उसको मागका विषयमा कुराकानी भइरहेको छ। मध्यस्थकर्ताहरुले यस्तो सम्पर्क गरेको प्रहरी भनाई छ। सकेसम्म शान्तिपूर्ण रुपमा नै घटनालाई सुल्झाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ। र, धैर्यतापूर्वक रहन आग्रह गरेको छ। प्रहरी प्रवक्ताले सर्वसाधारणलाई धैर्यतापूर्वक बस्न र आफ्नो आफ्नो काममा लाग्न आग्रह गरेका छन्। मार्टिन प्लेसमा रहेका भवनहरुमा हुनेहरुलाई त्यहीँ रहन र अन्यत्र भएकाहरुलाई आफ्नो नियमित काममा र्फन प्रहरीले आग्रह गरेको हो। प्रहरीले यसलाई शान्तिपूर्ण रुपमा सुल्झाउनका निम्ति समय लाग्नसक्ने र यसमा धैर्यता आवश्यक भएको बताएका छन्।