लेबनानको राजधानी बेरुतमा ठुलो विष्फोट : ७० जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते !


लेबनानको राजधानी बेरुतमा ठुलो विष्फोट गराइएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म विस्फोटमा परि ७० जनाको मृत्यु भएको र करिब ४ हजार जना घाइते भएको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

विस्फोटमा २ हजार ७५० टन अमोनियम नाइट्रेट प्रयोग भएको लेबनानका प्रधानमन्त्री हसन डीयावले सामाजिक संजालमा जानकारी दिएका छन् । सो विस्फोटक ६ बर्षदेखि एक वायार हाउसमा राखिएको बताइएको छ । विस्फोट यति ठुलो थियोकि विस्फोटपछि कैयौ किलोमिटरसम्म धुवा र धुलो फैलिएको थियो ।

लेबनानमा भएको यो विस्फोट २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको जाँच र अदालती सुनुवाईको फैसला आउनुपूर्व भएकोले यो विस्फोटलाई सो घटनासँग जोडेर हेरिएको छ । तर घटना बारे अहिलेसम्म स्पष्ट कारण बाहिर आएको छैन । सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ । आर्थिक संकटबाट गुज्रीरहेको लेबनानलाई यस विस्फोटले थप संकटमा पारेको विश्लेष्ण गरिएको छ । विस्फोटको आवाज २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बिबिसीले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?