वीरगञ्जमा २ डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण !
वीरगञ्जमा दुई जना डाक्टरसहित थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार डाक्टर, नर्स, एक्सरे सहायक, फर्मासिस्ट र स्वीपरमा कोरोना देखिएको हो ।
मंगलबार रातीसम्म गरिएको स्वाब परीक्षणमा वीरगञ्जको नेसनल मेडिकल कलेजका एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, नरायणी वयोधा अस्पतालका एक जना रेडियोलोजिष्ट, नारायणी अस्पतालका २ जना फर्मासिस्ट, एक जना नर्स, एक्सरे सहायक र दुई जना स्वीपरमा कोरोना देखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको डा उपाध्यायले जानकारी दिए । अस्पतालमा मात्र हालसम्म डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी गरी ३५ जनामा संक्रमण देखिएको छ ।