सुन मूल्य ११ सयले बढ्यो, तोलाको कति ?
सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार १ सय रुपैयाँले बढेको हो । योसँगै सुनको मूल्य बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढको छ । बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको बिहीबारको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ छ ।