७३ वर्षीय बृद्धालाई बलात्कार गर्ने घलानलाई ५ वर्षकैद र ५० हजार जरिवाना
जिल्ला अदालत काभ्रेले ७३ वर्षीया वृद्धालाई बलात्कार गर्ने एक जनालाई आज पाँच वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले गोकुले गाविस–७ बस्ने ४५ वर्षीय उत्तरमान घलानलाई सो कैद र जरिवानाको फैसला गरेको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । घलानले सोही गाविसस्थित राजीडाँडाको जङ्गलमा गत साउन २३ गते वृद्धालाई बलात्कार गरेका थिए । पीडित वृद्धाले आफूलाई बलात्कार भएको भन्दै गत साउन ३० गते प्रहरीमा जाहेरी दिएको र गत भदौ १६ गते जिल्ला अदालत काभ्रेमा जर्बजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो ।