बहिनीलाई बलात्कारको गर्ने वडाअध्यक्ष जेल चलान !


कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् । बैनी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले थुनामा राख्ने आदेश दिएको हो ।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका– ६ निवासी १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको निष्कर्ष प्रहरीले निकालेको छ । वडा अध्यक्ष जगधीश शाहीकी बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा वडा अध्यक्षले आफ्नै घरमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । जतिबेला किशोरी १३ वर्षकी थिइन् ।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार भएको प्रहरीले दाबी छ। पीडित किशोरीलाई दुई पटक बलात्कार नै भयो । कैयौँ पटक बलात्कार प्रयास भएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्–‘किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने, माया देखाउनेजस्ता व्यवहारले किशोरी वडा अध्यक्षसँग नजिकिएको र त्यसैकै फाइदा उठाएर किशोरीमाथि पटक–पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।’

‘किशोरीको स्कुलबाट घर जाँदा वडा अध्यक्षको घरको आँगनबाटै जानु पर्ने रहेछ । घर फर्किने बेला शाहीले बाटो कुरेर बस्ने रहेछन् । पहिलो पटक बलात्कार भएपछि कसैलाई पनि नभन्न भनेछन् । भने मारिदिनेसम्मका धम्की दिएछन् ।आर्थिक सहयोग गर्ने, पढाइदिने जस्ता लोभ पनि देखाए छन् । पछिपछि जहाँ भेट्यो त्यहीँ समात्ने, अगालो मार्नेजस्ता व्यवहार गर्ने गरेछन् ।’ प्रहरीले भने ।

किशोरीलाई शाहीले एक पटक ६४० रुपैयाको घडी मोल्फा बजारबाट किनेर ल्याइदिएको, त्यो घडी किशोरी साथीलाई दिएको, पटक(पटक पैसा दिन खोजे पनि किशोरीले लिन नमानेको जस्ता विषय अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पीडित किशोरी र वडा अध्यक्ष शाहीको मेडिकल रिपोर्ट आएको छैन् । परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

जबर्जस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?