कपडाले बेरेर फालिएको नवजात शिशुको जीवितै उद्दार, १७ वर्षीया युवती पक्राउ !
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा कपडाले बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ । जिवित अवस्थामा भेटिएको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको हो । जन्मिएको केही समयमै कपडाले बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको शिशुलाई पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल राखिएको छ ।
शिशु फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोक सिपापोखरी घर भएकी १७ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । पक्राउ परेकी किशोरीले भने सो शिशु आफ्नो नभएको बताएकी छन् । घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।