गोंगबुमा टुक्रा–टुक्रा पारेर काटिएको टाउको विनाको शव फेला !


राजधानी काठमाडौँको गोंगबुमा गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जनाएका छन् । टाउको भने अलि पर भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी केसीले भने‘, सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो’,‘कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर अनुसन्धान हुँदैछ, ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?