पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री आबेद्वारा जापानी संविधान पुनः लेख्ने बचन


sinzo abeजापानी प्रधानमन्त्री सिन्जो आबेले निर्वाचनमा अत्यधिक बहुमतले विजय हासिल गरेपछि सोमबार आफ्नो मुलुकको शान्तिवादी संविधानमा पुनरावलोकन गर्नुपर्ने कुरामा मतदातालाई मनाउने बताउनुभएको छ । प्रधानमन्त्री आबे आइतबारको निर्वाचनमा पुनः विजयी हुनुभएको हो । निर्वाचनपछिको पहिलो पत्रकार सम्मेलनमा उहाँले आफ्नो राष्ट्रवादी मुद्दालाई अगाडि बढाउने तथा अर्थतन्त्रमा निकै आवश्यक भएको सुधार गर्ने बताउनुभयो । उहाँले जापान आवेअर्थशास्त्रमा अगाडि बढ्नुपर्ने र मतले सोही कुरा देखाएको बताउनुभयो । यसमा तीन तहको आर्थिक रणनीति अगाडि बढाइएको छ । प्रधानमन्त्री आबेको विजयले उहाँलाई शान्तिवादी संविधान पुनः लेख्ने विवादास्पद योजनालाई अगाडि बढाउन एक पाइला अगाडि पु¥याइदिएको छ । उहाँको यो योजना जापानमा विभाजक देखिएको छ भने यसले चीनसँगको सम्बन्धलाई अझै नराम्रो बनाउनेछ । उहाँको सत्ताधारी लिबरल डेमोक्र्यासटक पार्टी तथा उसको सानो साझेदार कोमेइतोले आइतबार संसदको तल्लो सभाको निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेका छन् । यसले संसदको तल्लो सभाको ४७५ स्थानमा सत्ताधारी दललाई ३२६ स्थान प्राप्त भएको छ र प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टी अफ जापानलाई नराम्रोसँग पराजित गरिदिएको छ । प्रतिपक्षले ७३ स्थान प्राप्त गरेपनि त्यस पार्टीका नेता बान्री काइएदा निर्वाचनमा पराजित हुनुभएको छ र उहाँ सोमबार नेतृत्वबाट हट्नुभएको छ । तल्लो सभाले ६० वर्षीय आबेलाई डिसेम्बर २४ मा पुनः प्रधानमन्त्री नियुक्त गरेपछि उहाँले पहिलेजस्तै मन्त्रिपरिषद् गठन गर्नुहुने अनुमान गरिएको छ । आउँदो चारवर्षे संसदको प्राथमिकताका विषयमा प्रश्न गर्दा उहाँले स्कुलेविद्यार्थीमा राष्ट्रभक्ति पुनःस्थापना गर्ने र जापानले युद्धको समयमा गरेको गलत कामका बारेमा उनीहरूलाई सहानुभूतिपूर्वक जानकारी दिने बताउनुभयो । उहाँले एलडीपी स्थापना भएपछि नै संविधान पुनरावलोकन गर्ने पार्टीको उद्देश्य भएको बताउनुभयो । जापानमा अमेरिकाले लादेको संविधानले मुलुकलाई आक्रमक सैनिक कारवाही गर्न प्रतिबन्ध लगाउँछ । सार्वजनिक रूपमा विरोध देखिएपछि उहाँले संविधान पुनरावलोकनको प्रयासलाई यस वर्षको आरम्भमा परित्याग गर्नुभएको थियो । यसका लागि संसदमा दुई तिहाई मत आवश्यक पर्छ भने जनमत सङ्ग्रहमा सामान्य बहुमत आवश्यक पर्छ । प्रधानमन्त्री आबेले यस विषयमा जनतामा बुझाइलाई गहिराइमा लैजाने र व्यापक समर्थन प्राप्त गर्न प्रयास गर्ने बताउनुभयो । आबे सन् २०१२ मा मन्द भएको अर्थतन्त्रमा सुधार गर्ने बचनका साथ प्रधानमन्त्री पदमा पुग्नुभएको हो । आवेअर्थशास्त्रमा मौद्रिक सरलता, सरकारी खर्च, कर्मचारीतन्त्रको नियन्त्रण घटाउने तथा संरचनागत सुधार परेका छन् । यसपछि बैङ्क अफ जापानले मौद्रिक सरलता उपयोग गरेको थियो भने जापानी मुद्रा एनको मूल्य घटेको थियो । यसका कारण निर्यात बढेको थियो र शेयरको मूल्य बढेको थियो । यी अभिप्रेरणात्मक कार्यक्रमले जापानको अर्थतन्त्रलाई अगाढि बढाएको थियो । अर्थशास्त्रीहरूले रोजगारीको नियमन घटाउने तथा कृषिमा समूहगत अभिरुचि हटाउने काम गरी कडा सुधार गर्नु आवश्यक भएको बताए पनि उहाँले सो कार्य गर्न सक्नुभएको थिएन । अप्रिल महिनामा बिक्रीकर बढ्दा उपभोक्ताको खर्च बढेको देखिएको थियो र यसले जापानी अर्थतन्त्रलाई पुनः मन्दीतर्फ लगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?