सन् २०१४ मा छयसट्ठी पत्रकारको हत्या, आक्रमण अझै बर्बर र अपहरण बढेको तथ्यांक सार्वजनिक
गएको एक वर्षमा आमसञ्चारमाथि आक्रमण प्रमुख घटनाको रूपमा देखिएको तथा ६६ पत्रकारको मृत्युभएको जानकारी रिपोर्टर्स विथआउट बोर्डर्सले मङ्गलबार दिएको छ भने यस अवधिमा पत्रकारमाथिको आक्रमण बढी बर्बर भएको तथा अपहरणको घटना बढेको यस संस्थाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । यस वर्ष मर्नेमा एएफपीका पत्रकार ४० वर्षीय सर्दार अहमद पनि परेका छन् । मार्च महिनामा तालिवानले काबुलको होटेलमा आक्रमण गरेपछि अहमदलाई गोली हानी हत्या गरिएको थियो । अहमदका साथमा उनका पत्नी तथा तीन बालबालिकामध्ये दुईको पनि मृत्युभएको थियो । इस्लामी स्टेट समूहले जेम्स फोली तथा स्टिभन सटलफको टाउको काटी गरेको हत्याले आधुनिक द्वन्द्वको समाचार सङ्कलन गर्न गएका पत्रकारले भोगेको खतरा उजागर गर्ने बताइएको छ । रिपोर्टसर विथआउट बोर्डर्सले मङ्गलबार आफ्नो प्रतिवेदन प्रकाशन गर्दै यस प्रकार प्रचारप्रसारको बर्बर अवस्थामा पत्रकारहरूको निकै कम मात्रामा हत्या भएको र यसले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको उल्लेख गरेका छ । यस वर्ष पत्रकारको हत्याको सङ्ख्या गत वर्षको ७१ बाट केही घटेको देखिएको छ । शान्त मुलुकमा थोरै मात्रा पत्रकारको हत्या भएको देखिएको छ । सन् २००५ देखि हालसम्म ७२० पत्रकारको मृत्युभएको देखिएको छ । गत वर्ष ३७ पत्रकार अपहरण भएकामा यस वर्ष ११९ पत्रकार अपहरण भएको देखिएको छ । यस्ता कार्य युक्रेनको पूर्वी भाग, मध्यपूर्व तथा उत्तर अफ्रिकामा बढी भएको देखिएको छ । यस अवधिमा युक्रेनमा ३३, लिबियामा २९, सिरियामा २७ व्यक्ति अपहरणमा परेका थिए । ४० पत्रकारलाई बन्धक बनाइएको थियो । अपहरणमा पर्ने ९० प्रतिशत पत्रकार स्थानीय थिए । सिरियामा हाल बन्धक बनेका २२ पत्रकारमा १६ पत्रकार सिरियाली नागरिक छन् । इराकमा बन्धक बनाइएका आठ पत्रकारमा आठै इराकी नागरिक हुन् । रिपोर्टर्स विथआउट बोर्डर्सले सरकारले दण्डित बनाएका पत्रकारको मुद्दा पनि प्रतिवेदनमा राखेको छ । साउदी नागरिक पत्रकार राएफ बादावीले यस वर्षको प्रेस फ्रिडम पुरस्कार प्राप्त गरेका छन् । उनलाई सरकारले इस्लाम धर्मलाई होच्याएको भनी १० वर्षको कारावास तथा एक हजार कोर्राको सजाय तोकेको छ । अजरबैजान हाल आमसञ्चारकर्मीका लागि युरोपको सबैभन्दा ठूलो कारागार बनेको छ र प्रतिवेदनमा खादिजा इस्माइलोभाको मुद्दाका विषयमा उल्लेख गरिएको छ । सरकारी भ्रष्टाचारको विषयमा उनको कामले उनलाई निरन्तर रूपमा आक्रमणको लक्ष्य बनाएको छ । हाल उनलाई आफ्ना पूर्व मित्रलाई आत्महत्या गर्न उक्साएको आरोपमा हिरासतमा राखिएको छ । यस मुद्दामा उनलाई सात वर्षसम्म कारावासको सजाय हुनसक्छ । डिसेम्बर ८ मा विश्वमा १७८ पत्रकार कारागारमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही सङ्ख्यामा गत वर्ष पनि पत्रकार कारागारमा रहेका थिए । पत्रकारलाई कारागारमा राख्नेमा चीनले नेतृत्व गरेको छ । यहाँ हाल २९ पत्रकार कारागारमा रहेका छन् । यसपछिको स्थान इरिट्रिया (२८) र इरान (१९) को रहेको छ । सत्तरी वषीर्या गाओ युले सन् १९९७ मा युनेस्कोको वल्र्ड प्रेस फ्रिडम पुरस्कार प्राप्त गरेकी थिइन् । उनलाई सरकारले सात वर्ष कारागारमा राखिसकेको छ र हाल पनि जर्मन प्रसारक संस्थालाई राज्यको गोप्य कुरा बताएको भनी उनीमाथि मुद्दा चलिरहेको छ । द्वन्द्वका कारण ठूलो सङ्ख्यामा पत्रकार आफ्नो घर छोड्न बाध्य भएका छन् । गत वर्ष लिबियाका ४७ र सिरियाका ३७ पत्रकार आफ्नो घरबाट भाग्न बाध्य भएका थिए । इथियोपियाको निजी क्षेत्रमा सञ्चालित आमसञ्चारमाथि कारवाही हुँदा ३१ पत्रकार विदेशिन वाध्य भएका थिए । युक्रेनमा पत्रकारमाथि कुटपिट सामान्य घटना हो । यस्तै अवस्था भेनेजुएला तथा टर्कीमा पनि देखिएको छ । यी मुलुकमा प्रहरीले प्रदर्शन दबाउन हिंसाको प्रयोग गरेको थियो । ्रतिवेदनमा प्रत्रकारमाथि हिंसाको प्रकृति पनि विकास भएको देखिएको छ । सावधानीपूर्वक चेतावनी दिने तथा टाउको काटिने अवस्था पनि देखिएको छ । पत्रकारलाई समाचार सङ्कलन गर्न नदिन तथा सूचना बाह्य विश्वमा पुग्न नदिन हत्या बढी बर्बर भएको र अपहरणको घटना वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ