प्रहरीद्धारा गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्त सार्वजनिक !
प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । गत शनिबार राति काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको हो । हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
शाहीले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बयानमा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन् ।
हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ । गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर टाउको र खुुट्टा भने २ सय ५० मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो ।
यो पनि पढ्नुहोस्
गोंगबु हत्या आरोपीको बयान : घुँडाले संवेदनशील अंगमा हिर्काएर हत्या गरेँ