गोङ्गबु हत्याकाण्ड : अनैतिक शारीरीक सम्बन्ध र पैसा मुख्य कारक !


काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको बीभत्स हत्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले स्लिपिङ ट्यावलेट खुवाइ लठ्ठिएपछि हम्मरले अण्डकोषमा हानेर बोहराकोे बीभत्सरुपमा मत्या गरेको खुल्न आएको छ ।

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ । घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अनुुसन्धानका लागि टोली खटिएको थियो । उक्त सुटकेश खोलेर हेर्दा भित्र टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अखनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनयसमेतमा संलगन थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ । विगत केही वर्षदेखि श्रीमान्को सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

मृतक बोहोरा र पौडेलबीच शारीरीक सम्बन्ध र पैसाको लेनदेन रहेको अनुसन्धाबाट खुलेको छ । बोहोरा बेला–बेलामा पौडेललाई भेट्न उनको कोठामै जाने गरेका थिए । बोहोराले पौडेलको फेसबुक आइडी चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच पैसा लेनदेनको विवाद समेत रहेको अनुसन्धानमा खुलेको छ ।

यसरी भएको थियो ‘जोजो अपरेशन’
साउन २५ गते विहान रातो प्लाष्टिकले बेरेको नाम्लोसहितको कालो रङ्को सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला पररेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३०० मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टाउको र खुट्टा पोको पारेर फालेको अवस्थामा फेला परेको थियो ।

मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक ग¥यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए ।

उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए । प्रहरीको अनुसन्धान उनी विगत आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ । उनीहरु बीच तीन÷चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ ।

अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आफु अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताए । उनका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, हत्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन ।

अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ । घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर मदिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ ।

दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हथौडाले अण्डकोषमा हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् ।

उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताए । शव व्यवस्थापनमा कठिनाई भएपछि छोरीसमेतलाई संलग्न गरेकी थिइन् । पानी परेकाले छोरीर्लाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँकेर फर्किएकी थिइन् । भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिएपनि यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ ।मंगलबार घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?