प्रधानमन्त्री टोनी एबोटलाई बन्धक प्रकरणका नेतृत्वकर्ता मान हरोन मोनिसको बन्दुक लाईसेन्सबारे गलत ब्रिफिंग


monisअष्ट्रेलियन संघीय प्रहरीले प्रधानमन्त्री टोनी एबोटलाई सिड्नीको बन्धक प्रकरणका नेतृत्वकर्ता मान हरोन मोनिससँग बन्दुक चलाउने लाईसेन्स रहेको जानकारी आपूmहरुले नै दिएको र यो गलत भएको बताएको छ । प्रधानमन्त्री एबोटले बुधबारको सम्बोधनमा बारम्बार निजले कसरी लाईसेन्स प्राप्त गर्न सक्यो ? भन्ने विषयमा प्रश्न उठाउनुभएको थियो । प्रहरीले निज अपराधीले कहिल्यै पनि बन्दुक चलाउने लाईसेन्स अष्ट्रेलियामा नलिएको र उसलाई उपलब्ध पनि नगराइएको स्पष्ट गरेको छ । यतिबेला अष्ट्रेलियामा विभिन्न संगीन आरोपमा मुछिएको अपराधमिाथि किन प्रहरीले निगरानी गरेको थिएन भन्ने प्रश्न जोडदार रुपमा उठेको छ । यसैगरी यस्ता व्यक्तिलाई किन शरणार्थीको मान्यता दिइयो भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । निजले बारम्बार देशको हित विपरित आपराधिक क्रियाकलाप गर्दँ समेत निजको धरौटी स्वीकृत गरेको विषयमा पनि अदालत र कानूनी प्रावधानहरुको आलोचना भएको छ । निजले १७ जना व्यक्तिलाई १७ घण्टासम्म बन्धक बनाएको घटनामा परी २ जनाको ज्यान गएको थियो भने घटनामा घाइते भएकाहरु अहिले पनि अस्पतालमा छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?