क्याफे बन्धक प्रकरणमा ज्यान गुमाएका टोरी जोन्सनका पिता शोकमा
लिन्ड क्याफेका म्यानेजर टोरी जोन्सनका पिता अहिलेसम्म पनि घटनाको कारण बोल्न नसक्ने अवस्थामा रहेको परिवारजनले जनाएको छ । टोरीका पितालाई फोनमा यस घटनाबारे जानकारी दिइएको थियो । ३४ वर्षीय क्याफे म्यानेजर जोन्सनसँगै क्याट्रिना डासनले पनि यस प्रकरणमा ज्यान गुमाएका थिए । जोन्सनकी नातेदार लेन ह्वीटाकेरका अनुसार टोरी निस्वार्थ व्यक्ति थिए । उनी साहसी थिए हतियारधारीको हतियार खोस्ने क्रममा ज्यान गुमाएका थिए । बुधबार साँझ टोरीका पिताले घटनास्थल पुगेर श्रद्धा अर्पण गरे । यो घटना वास्तवमै निकै हृदयविदारक थियो । यसैबीच, धरौटीमा छोड्ने प्रक्रियाका विषयमा पुनर्विचार गर्ने प्रधानमन्त्री एबोटको घोषणाको परिवारले स्वागत गरेको छ ।