भुइँचालोको केन्द्रविन्दु नाम्चेबजार आसपास, तिव्रता ५ दबमलब ९ म्याग्नेच्युड
काठमाडौँ उपत्यकासहित नेपालको मध्य तथा पूर्वी क्षेत्रमा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार राति ९ः१५ बजे सोलुखुम्बु जिल्लाको उत्तरी भेग र दोलखाको सिमाना नजिक ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्र काठमाडौँबाट करिब एक सय १८ किमी उत्तरपूर्वमा पर्छ । पूर्वी पहाडी जिल्ला तथा तराईका सुनसरी आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे कुनै विवरण आउन सकेको छैन । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँबाट १२३ किमी पूर्व र नाम्चेबजारबाट २१ किमी उत्तरपश्चिम दिशामा सतहबाट १० किमी गहिराइमा सो भूकम्पको केन्द्रविन्दु रहेको थियो । पाँच रिक्टर स्केल मापन गरिएको सो भूकम्प नेपाली समयानुसार राति २१ः१७मा गएको जनाइएको छ ।