बोको हरामका एक सय सोह्र लडाकू मारिएको क्यामरुनको सेनाको दाबी
क्यामरुनका सेनाले बिहीबार मुलुकको सुदुर उत्तरी भागमा आफ्ना सेनाले नाइजेरियाबाट आएका इस्लामी बोको हराम समूहका ११६ लडाकू मारेको दाबी गरेको छ । विद्रोहीले नाइजेरियाको सीमामा रहेको आमचाइड सैनिक केन्द्रमा आक्रमण गरेको तर सेनाले उनीहरूलाई भगाएको र उनीहरूले व्यापक क्षति ब्यहोरेको प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ । सेनाले एक विज्ञप्तिमा क्यामरुनको क्षेत्रमा ११६ आक्रमणकारीको मृत्युभएको उल्लेख गरेको छ । सेनाले एक सैनिक गुमाएको र एकको मृत्यु भएको जानकारी दिएको छ ।