बन्दुकधारीले ब्रुकलिनमा न्यु योर्कका दुई प्रहरी अधिकारीको हत्या गरे


1376650_10151840509414694_1906084914_n.jpg प्रहरीले निरस्त्र काला पुरुषको हत्या गरेकोमा केही सातासम्मको क्रुद्ध विरोधपछि एक अफ्रिकी मूलका अमेरिकी बन्दुकधारी पुरुषले सोही रिसमा न्यु योर्कका दुई प्रहरी अधिकारीको हत्या गरिदिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त हत्याको निसर्त भत्र्सना गर्नुभएको छ । उहाँले आफूले जनतालाई हिंसा तथा चोटका शब्द अस्वीकार गर्न तथा उपचारका शब्दप्रति फर्कन आग्रह गर्ने बताउनुभयो । ब्रुकलिनमा शनिबार दिउँसै गस्तीमा रहेका दुई प्रहरीलाई गाडीको झ्यालबाट उनीहरूको टाउकोमा गोली हानी हत्या गरिएको छ । यी प्रहरी आफ्नो पोसाकमा रहेका र एकको हालैमात्र विवाह भएको बताइएको छ । यस आक्रमणले क्रिसमसको केही दिन अगाडि अमेरिकाको यो सबैभन्दा ठूलो नगरलाई प्रभावित बनाएको छ । न्यु योर्कका प्रहरी आयुक्त बिल ब्राटनले न्यु योर्कका दुई राम्रा प्रहरीलाई कुनै चेतावनी नदिइ हत्या गरिएको बताउनुभयो । प्रहरीले २८ वर्षीय यी हतियारधारीको नाम इस्माइल ब्रिन्स्ली भएको जानकारी दिएको छ । निजले यी अधिकारीहरूलाई मार्न गाडीमा ब्रुकलिन आउनुअगाडि शनिबार बिहान बाल्टिमोरमा आफ्नी पूर्व महिलामित्रलाई गम्भीर रूपमा घाइते बनाएको जानकारी दिइएको छ । दुई महिनाअगाडि विवाह भएका सात वर्षसम्म प्रहरी रहेका वेनजियान लियु तथा १३ वर्षीय छोराका पिता राफल रामोसलाई एनवाईपीडी लेखिएको प्रहरी गाडीमा अगाडि बसिरहेको अवस्थामा अकस्मात् आक्रमण गरी मारिएको जानकारी अधिकारीहरूले दिएका छन् । यी दुबै प्रहरी अधिकृतले आफ्नो हतियार उठाउनुपूर्व नै ब्रिन्स्लीले अनेकौँ गोली उनीहरूमाथि प्रहार गरेको र नजिकैको भूमिगत विसौनीतर्फ भागेको बताइएको छ । यसपछि निजले विसौनीमा आफ्नो टाउकोमा गोली हानेका थिए । ब्राटनले निजको शरीरनजिकै एक अर्धस्वचालित बन्दुक फेला परेको जानकारी दिनुभयो । निरस्त्र काला पुरुषहरूको गोरा प्रहरीद्वारा हत्या तथा तिनीहरूमाथि कारवाही नगर्ने अभिनिर्णायक समूहको निर्णयप्रति अमेरिकाका विभिन्न नगरमा केही साता प्रदर्शन भएका थिए । ब्राटनले सामाजिक सञ्जालमा दिइएको सूचनाका आधारमा ब्रिन्स्लीको प्रहरी अधिकारीप्रति निकै क्रोध रहेको देखिएको जानकारी दिनुभयो । आक्रमणको केही घण्टा अगाडि ब्रिन्स्लीले इस्टग्राममा आफूले प्रहरी मार्न चाहेको बताएका थिए । महान्यायाधीवक्ता एरिक होल्डरले यस आक्रमणले अमेरिकी प्रहरीले नियमित रूपमा भोगेको खतरा सम्झना गराएको बताउनुभयो । policeन्यु योर्कका मेयर बिल डे ब्लासियोले ८४ लाख जनसङ्ख्या भएको नगर शोकाकुल भएको बताउनुभयो । उहाँले यी व्यक्तिले नगर सम्पूर्णमाथि आक्रमण गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?