झारफुकको बहानामा मन्दिर बोलाएर बलात्कार !


बाँके । झारफुकको बहानामा बाँकेमा मन्दिरका पुजारीले एक महिलालाई बलात्कार गरेका छन् । जिल्लाको डुडुवा गाउँपालिका ५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?