सिड्नीबाट आतंकवादप्रतिरोधी अनुसन्धानका क्रममा दुईजना पक्राउ
प्रहरीलाई दुई युवालाई सिड्नीबाट पक्राउ गरेको छ । प्रहरीले गत साताको दुःखद क्याफे काण्डपछि अघि बढाएको अनुसन्धानका क्रममा निजहरुलाई पक्राउ गरिएको हो । निजहरुले अष्ट्रेलियाभित्र नै कुनै दुर्घटना गराउने योजना बनाएको र सिरियामा लडाकुहरुलाई सहयोग पुर्याएको देखिएको बताइएको छ । अष्ट्रेलियाको फेडरल पुलिस एपीएफले जनाए अनुसार पक्राउ पर्नेमा रिजेन्ट पार्कका सुलेमान खालिद (२० वर्ष) र अर्का एक २१ वर्षीय युवक पक्राउ परेका हुन् । अनुसन्धान चलिरहेको र यदि उनी दोषी पाइए १५ वर्षसम्मको जेल सजाय हुनसक्नेछ । प्यारामाट्टाको स्थानीय अदालतमा उनीहरुलाई आज प्रस्तुत गरिँदैछ । प्रहरीले सर्वसाधारणलाई आतंकीत हुनुपर्ने अवस्था नरहेको पनि जनाएको छ । अपराधीहरुलाई हामी छोड्दैनौं, आम नागरिकहरुले यसमा ढुक्क भए हुन्छ, प्रहरीको प्रतिक्रिया छ ।