चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा, तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्रीसँग पनि भेट्ने


Pro_Ktm_Chiness bidesh mantriपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक सद्भावना भ्रमणमा आउनुभएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री यी एवम् सो प्रतिनिधिमण्डललाई परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागीले स्वागत गर्नुभएको थियो । नेपालका लागि चीनका राजदूत वु छुन्ताईकोे पनि उपस्थिति रहेको थियो । शुक्रबार बिहान उहाँले चीन सरकारको सहयोगमा स्थानीय नयाँबानेश्वरमा निर्मित निजामती अस्पताललाई रु २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण हस्तान्तरण गर्ने कार्यक्रम छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ती उपकरण हस्तान्तरण गरेपछि चिनियाँ विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपाल ¬चीन द्विपक्षीय वार्ता हुनेछ ।  राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग चिनियाँ विदेशमन्त्री वाङले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चीनमा राजनीतिक नेतृत्वसँगै सरकार परिवर्तनपछि विदेशमन्त्री तहमा पहिलोपटक हुन लागेको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयम थपिने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?