आज एमाले केन्द्रीय कमिटी बैठक, कार्य विभाजन हुने
केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्न आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । यही पुृस १ गते सम्पन्न पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटीले १० दिनभित्र कार्ययोजना पारित गर्ने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरेको थियो । एमालेका सचिव योगेश भट्टराईले सचिवालयमा प्राप्त सुझावलाई अध्ययन गरी गृहकार्य गर्न नपाइए पनि शुक्रबारको बैठकले विस्तृत छलफल गर्ने बताउनुभयो ।स्थायी कमिटीमा चार सदस्य थप गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ । एमालेको गत असारमा सम्पन्न नवौंँ महाधिवेशनपछि केन्द्रीय कमिटीका सदस्यकोे कार्यविभाजन भएको छैन ।