सकियो मेलबर्नमा नेपालीहरुको खेलकुद महाभेला, विजयीलाई पुरस्कार (नामावलीसहित)


interstateटीडब्लुजीजी नेपाली अन्तरराज्य स्पोर्टस मिट २०१४ सम्पन्न भएको छ । यस प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबबास गर्दै आएका नेपालीहरुले सहभागिता जनाएका थिए । कूल २ सय खेलाडी सहभागी भएको यस प्रतियोगितामा ५ सय भन्दा बढी नेपालीहरु सहभागी थिए । यसै खेलकुद भेलामा सहभागी हुनका लागि न्यूजिल्याण्डबाट समेत नेपालीहरु मेलबर्न पुगेका थिए । दोस्रो पटक आयोजना गरिएको एक प्रकारको खेलक मेलाको आयोजना नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले गरेको हो । प्रतियोगितापछि पुरस्कार वितरण समारोहमा यारा शहरका मेयर, काउन्सिलर फिलिप भेल्होगाईनिस, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, आदिवासी समूदायको परिषदका भिक्टोरिया अध्यक्ष ईडी भिकेल्फ, टेबल टेनिस भिक्टोरियाका प्रमुख कार्यकारी अधिकृत एना किंग तथा व्याडमिन्टनका राज्यस्तरीय निर्देशक पिटर रोबर्टस उपस्थित हुनुहुन्थ्यो । मुख्यतः नेपालीहरुकाबीचमा भाईचाराको बृद्धि, स्वस्थ रहन खेल भावनाको विकास र नवप्रतिभाहरुको प्रोत्साहनका निम्ति कार्यक्रम आयोजना गरिएका हो । अब अर्को अन्तरराज्य खेलकुद मेला २०१६ मा क्वीन्सल्याण्डमा हुनेछ ।
विजेताहरु
विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गराइएको थियो जस अन्तर्गत विजेताहरु यसप्रकार रहेका छन् । क्रिकेटतर्फ भिक्टोरिया क्रिकेट टिमले यस वर्षको उपाधि उचालेको छ । भने दोस्रोमा न्यू साउथवेल्स भएको छ । यसैगरी गल्फतर्फ ओभरअल च्याम्पियनशिपमा भिक्टोरियाका लोब्सांग थुन्डुप विजयी भए भने उनले नै ओपन च्याम्पियनशिपको उपाधि पनि हात पारे । सिनियर च्याम्पियनशिपको उपाधि भिक्टोरियाका बम योञ्जनको हातमा गयो । यसैगरी नोभाईस च्याम्पियनशिपको उपाधि भिक्टोरियाबाट फुर्बा घलेले जितिन् । नियरेष्ट टु द पिनको उपाधि हेम तामांगले, लंगेष्ट ड्राईभको हैरी गुरुंगले, हार्डेष्ट गल्फरको उपाधि सुरज ऐय्यरले जितेका छन् ।
टेबल टेनिसतर्फ जुनियर अण्डर १५ मा कुनाल प्रधान, न्यू साउथ वेल्सबाट, पुरुष अन्डर ४० सिंगलमा अतुल श्रेष्ठ भिक्टोरियाबाट, पुरुष ओभर ४० सिंगलमा कुलदिप प्रधान न्यू साउथ वेल्सबाट विजयी भएका छन् । यस्तै पुरुष डबल्समा अतुल श्रेष्ठ र अनुपम श्रेष्ठ भिक्टारियाबाट, महिला सिंगलमा करुणा दुवाडी न्यू साउथवेल्सबाट, मिक्स डबल्समा कुलदिप प्रधान र करुणा दवाडी न्यू साउथवेल्सबाटै विजयी बन्न सफल भएका छन् ।
अर्कोतर्फ टेनिसमा जुनियर सिंगलमा प्रतीक नापित न्यू साउथवेल्सबाट, सिंगल अन्डर ३५ मा विनित श्रेष्ठ भिक्टोरियाबाट विजयी बनेका छन् । व्याडमिन्टनतर्फ अन्डर १५ व्वाईजमा श्रवण नापित न्यू साउथवेल्सबाट, अन्डर १५ गल्र्समा आयशा पोखरेल, पुरुष सिंगल ओपन अन्डर ३५ मा केश गुरुंग न्यूजिल्याण्डबाट, पुरुष सिंगल अन्डर ४५ मा लिजन मास्के विजयी भएका छन् । यस्तै पुरुष सिंगल ४५ वर्षभन्दा माथि उमेर समूहकोमा मधु पोखरेल भिक्टोरियाबाट, महिला ओपन सिंगलतर्फ लेसा गुरुंग, पुरुष अन्डर ४५ डबल्स ओपनमा मन्डिप श्रेष्ठ र लिजान मास्के न्यू साउथवेल्सबाट, पुरुष ओपन ४५ डबल्समा सञ्जु रोक्का र सीताराम जोशी न्यू साउथवेल्सबाट, महिला ओपन डबल्समा आर्या पोखरेल र आयेशा पोखरेल विजयी बनेका छन् । यस्तै ओपन मिक्स डबल्समा लेसा गुरुंग र जीवन गुरुंग भिक्टोरियाबाट विजयी बनेका छन् । विजयी खेलाडीहरुलाई विभिन्न अतिथिले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमपछि आयोजकको तर्फबाट संयोजक जोग लिम्बुले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?