यस वर्ष आगामी अक्टोबर वा नोभेम्बर महिना म्यानमारमा आम निर्वाचन हुने


myanmasrसन् २०१५ को पहिलो दिन म्यानमारका राष्ट्रपति उ थान सेनले देशवासीको नाममा एक सन्देश प्रसारण गर्नुभएको छ। उक्त लिखित सन्देशमा म्यानमारमा यसैवर्ष स्वतन्त्र र निष्पक्ष आम निर्वाचन गराउने उल्लेख गर्नु भएको बताइएको छ । यस आम निर्वाचन सम्पन्न गराउन उहाँले मुलुकका सुरक्षाकर्मी, राजनीतिक दलहरु, नागरिक समाज तथा सम्पूर्ण जन समुदायलाई हार्दिक आह्वानसमेत गर्नुभएको छ । मासिक रेडियो सम्बोधन कार्यक्रमअन्तर्गत राष्ट्रपतिले प्रजातान्त्रिक सङ्क्रमणकालबाट उम्कन म्यानमारले सक्दो प्रयास गर्ने र गम्भीर अवस्थाबाट मुलुकलाई समृद्धितर्फ दोहो¥याउन आगामी निर्वाचनले आधारभूत भूमिका खेल्ने बताउनुभयो । त्यस्तै म्यानमारले स्वतन्त्रता हासील गरेपछि यो नै एक प्रजातान्त्रिक र स्वतन्त्र आम निर्वाचनको सुरुवात हुनेसमेत राष्ट्रपतिले बताउनुभएको छ । म्यानमारले सङ्घीय निर्वाचन आयोगका अनुसार आम निर्वाचनको मोटामोटी मिति आगामी अक्टोबर वा नोभेम्बर महिनालाई तोकिएको छ । राष्ट्रपति सेनले गत वर्ष मुलुकले उल्लेख्य प्रगति गरेको र विद्रोहीहरुलाई वार्ताको टेबुलमा ल्याई शान्ति स्थापना गरेकोसमेत बताउनुभएको छ । साथै वैदेशिक लगानी पनि ठूलो परिमाण आकर्षित गरी अघिल्लो वर्षभन्दा ६.३ अर्ब अमेरिकी डलरले वृद्धि भएको समेत बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?