अफगानिस्तानका राष्ट्रपतिबाट चुस्त सुरक्षा व्यवस्था कायम गर्न निर्देशन, तालिवान विरुद्धको कारवाही केन्द्रित गर्नुपर्ने


ghaniअफगानिस्तानका राष्ट्रपति असरफ घानीले देशका सुरक्षा अधिकारीहरूलाई चुस्त सुरक्षा व्यवस्थाका साथ कामगर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो– तालिवानका विरुद्ध सशक्त कारबाही गरी देशमा सुरक्षा प्रदान गर्ने काम अब अफगान सुरक्षा निकायको काँधमा आएको छ, यसका लागि सबैको सहयोग मिल्ने नै छ । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएको एक दिनपछि उहाँले बिहीबार सो निर्देशन दिनुभएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमै भएको बम विस्फोटमा परी कम्तीमा पनि २० जना सर्वसाधारणको ज्यान गएकै दिन उहाँले देशको सुरक्षा गर्न तथा अफगान सेना प्रहरी सक्षम रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो– म आज सबै अफगान नागरिकलाई बधाई दिन चाहन्छु कि आज हामी सबै नागरिक तथा अफगानिस्तानका सुरक्षा निकायहरू अफगानिस्तानको सुरक्षाका लागि तयार छौँ । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएको छ । हाल त्यहाँ करिब १७ हजार अमेरिकी सैनिक रहेका छन् । ती सैनिक पनि सुरक्षासम्बन्धी सल्लाह र परामर्शका लागि रहेका हुन् । विगतका १३ वर्षमा अफगानिस्तानको सुरक्षा निकायका सामु सामूहिक जिम्मेवारी थियो । विभिन्न कारणबस त्यस्तो हुन पुगेको थियो । तर अहिले आएर भने अफगानिस्तानको सेनाले आफै नै जिम्मेवारी बहन गरेको छ र यसका लागि म सेना र सबै अफगान नागरिकलाई बधाई पनि दिन चाहन्छु– उहाँले भन्नुभयो । अफगानिस्तान एक्लै नरहेको र शान्तिका लागि विश्व समुदाय हाम्रा सामु रहेको उहाँले बताउनुभयो । उता आजै अफगानिस्तानको सुरक्षा निकाय र तालिवानबीच भएको द्विपक्षीय भिडन्तका क्रममा भएको मोर्टार आक्रमणमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?