कीर्तिपुरमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु !
काठमाडौँ । कीर्तिपुरमा घरबेटीले एक डेरावालको हत्या गरेका छन् । काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा आफनै घरमा डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका–५ का ४८ वर्षीय शम्भु चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेका छन् ।
महर्जनको प्रहारबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
आज दिउँसो उनीहरूबीच विवाद हुँदा झडप भएको हो । त्यहीक्रममा बहालमा बसेका पुरूष घाइते भएका थिए’ । चौधरीले केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेका थिए । तर आज चौधरीले मापसे गरी महर्जनको घरमा झगडा गर्न पुगेको प्रहरीले जनाएको छ ।