अष्ट्रेलियामा पहिलो नेपाली पानी जहाज क्याप्टेन कैलाश पाण्डेको सफलता कथा यस साताको नमस्ते अष्ट्रेलियामा
नेपालीहरु विश्वको कुनामा पुगेका छन्। नयाँ नयाँ उपलब्धी हासिल गर्दै देशको नाम अघि बढाएका छन् र आफ्नो जीवन पनि । यस्तै एक नेपाली हुन् कैलाश पाण्डे । उनको सफलताको कथा यस पटकको नमस्ते अष्ट्रेलियाको सैयौं श्रृंखलामा प्रशारण हुँदैछ। एमएनटीभीको नियमित कार्यक्रम नमस्ते अष्ट्रेलियाका लािग सहकर्मी भीमसेन सापकोटाले तयार पारेको यो रिपोर्टमा पाण्डेको सफलताको कथा छ। उनी आफ्नो निरन्तर प्रयासका कारण यहाँंको पहिलो नेपाली पानी जहाज क्याप्टेन बन्न सफल भएका हुन्। ७ हजार घण्टा सम्म सफलतापुर्वक पानीजहाज चलाइसकेका उनलाई अष्ट्रेलियामा भने ब्राम पाण्डेको नामले चिन्ने गरिएको छ। साहस र लगनसिलतानै आफ्नो सफलताको रहस्य भएको बताउने पाण्डे विदेशमा आएर पनि अवसर चिन्न सकिएन र समय अनुसार आफुलाई अगाडि बढाईेएन भने आफ्नो देश छाडेको अर्थ नरहने बताउछन। हाल पाण्डे स्नातकोत्तर सकाएर सिडनी हार्वर हाउसबाट विभिन्न सामुद्रिक यात्रामा छुट्ने साना वा ठुला जहाजहरूका कमान्डर बनेका छन्। अन्तरदेशीय तथा अन्तर्ास्ट्रिय जहाज चलाऊन हरेक दिन ब्यस्त रहने ब्रामले विमानको पाईलट ट्रेनिंग समेट लिे बताउँछन्। उनी स्टिवर्ड पदबाट यो पेशामा प्रवेश गरेको र कम्पनीकै खर्चमा अध्ययन समाप्त गरि यो उचाइमा पुगेको बताउंछन। सयौं यात्रुहरू र जहाज भित्र कार्यरत सबै स्टाफहरूको इन्चार्जका रुपमा आफुले जिम्वेवारी बहन गर्ने गरेको बताउने पाण्डेको उमेर मात्र ३१ वर्षको छ। नेपालमा पाल्पा जिल्लामा जन्मिएका पाण्डे ७वर्ष अघि अस्ट्रेलियामा अध्ययनका लागि आइपुगेका हुन्। आफुभित्र लुकेको प्रतिभालाई आँफैले उजागर गर्नु पर्ने र यसका लागि मात्र प्रतिवद्दता जरुरी हुने उनको ठम्याई छ।