ल्युक फोली भए निर्विरोध न्यू साउथवेल्सका लेबर पार्टीका नेता
न्यू साउवेल्सको माथिल्लो सदनका सदस्य ल्युक फोली आजबाट विपक्षी दल लेबर पार्टीको नेता चुनिएका छन्। ४४ वर्षीय फोलीले मतदानमा माईकल डाली र स्टीभ ह्वानसँग प्रतिस्पर्धा गर्ने ठानिएको थियो तर उनीहरुले गतसाता आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । यसैकारण फोली निर्विरोध निर्वाचित भएका हुन् । सामाजिक सुरक्षाका साथै देशकै आर्थिक केन्द्रको रुपमा न्यू साउथवेल्सलाई अघि बढाउनका निम्ति क्रियाशील रहने प्रतिबद्धता फोलीले व्यक्त गरेका छन् । उनीअघिका नेता जोन रोबर्टसनले राजीनामा दिएपछि निर्वाचित भएका हुन् ।