प्रधानमन्त्री टोनी एबोट ईराकको आकस्मिक भ्रमणमा


tonnyअष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले ईराकको आकस्मिक भ्रमण गनुृभएको छ । आफ्ना समकक्षी हैदर अल अबादीसँग ईस्लामिक स्टेटविरुद्धको ईराकी कारवाहीको विषयमा छलफल गर्न पुग्नुभएका एबोटसँग हैदरले सहयोगको निम्ति धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री एबोटले अतिवादीविरुद्धको कारवाही ईराकको मात्र चासोको विषय नभएर यो विश्वकै चासोको विषय भएको बताउनुभयो । यो संघर्ष विश्वकै निम्ति हो, उनीहरुले जुन किसिमको गतिविधि गरिरहेका छन् यो विश्वको निम्ति चुनौती हो । ईस्लामिक स्टेटका नाममा उनीहरुले जस्तो खालको गतिविधि गरेका छन् त्यसले उनीहरु विश्व मानवताविरुद्ध नै लागेका छन् भन्ने पुष्टि हुन्छ । लाखौं विस्थापित भएका छन्, दशौं हजार मारिएका छन्, अपहरण, हत्या, बलात्कार जस्ता घटनाका कारण यो क्षेत्र नै अशान्त बनेको छ । यति मात्र होइन, यो अशान्तिको बाछिटा हामीसम्म पनि आइपुगेको छ, केही साता पहिले, प्रधानमन्त्री एबोटले भन्नुभएको छ । प्रधानमन्त्री एबोटले ईराकमा मानवीय सहायता अझै बढाउने घोषणा पनि गर्नुभएको छ । एबोटको साथमा नयाँ रक्षामन्त्री केबिन एन्ड्रयूपनि हुनुहुन्छ। उहाँहरुले अष्ट्रेलियन मिलिटरी बेसको पनि भ्रमण गर्नुभएको छ र उनीहरुको कार्यको निम्ति धन्यवाद दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?