चित्तलको मासु लिएर आउने तीन जना पक्राउ, गाउँलेबीच भाग लाउँदालाउँदै समातिए


chittalशुक्लाफाँटा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेना र आरक्ष प्रशासनको संयुक्त टोलीले चित्तलको २० किलो मासुसहित तीन जनालाई पक्राउ गरेको छ । आरक्ष सुरक्षार्थ खटिएको गरुड दल गण र आरक्ष प्रशासनको टोलीले शनिबार राति ९ बजे भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट तीन जनालाई पक्राउ गरेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । ‘गाउँमा चित्तल काटेर भाग हालिरहेको अवस्थामा मासुसहित पक्राउ गरेको हो ।’ प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो–‘केही गाउँलेले खरिद गरेको र केही बजारमा समेत बिक्री गरेको खुल्न आएको छ’ उहाँले २० किलो मासु भने बरामद गरिएको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकाले अभियुक्तहरूको नामपछि मात्रै सार्वजनिक गर्ने बताउँदै अधिकृत ढकालले उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८ बमोजिम कारबाही गरिने जानकारी दिनुभयो । त्यसैगरी सेनाको टोलीले पाँच दिनअघि पनि सोही स्थानबाट काठसहित दुई जनालाई पक्राउ गरिएको ढकालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?