भारतजाँदा उच्च सतर्कता अपनाउन अष्ट्रेलियन नागरिकलाई अनुरोध
अष्ट्रेलियन सरकारले आफ्ना नागरिकहरुका लागि भ्रमण निर्देश जारी गर्दै भारतका कुनैपनि शहरमा जाँदा सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तो अनुरोध ईन्डोनेसिया भ्रमण गर्न गरिएको अनुरोधको एकदिनपछि आएको छ । सम्भावित आतंकवादी हमलाका कारण यस्तो अनरोध गरिएको विदेश विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार भारतमा विदेशी बसेका होटलहरुमा आक्रमण हुने सम्भावना रहेको गोप्य सूचना प्राप्त भएको छ । अष्ट्रेलियन नागरिकहरुले अधिकांश भ्रमण गर्ने ठाउँहरुमा विनाकुनै चेतावनी वा छोटो चेतावनीकाबीच आतंकवादीहरुले हमला गर्ने सूचनाहरु प्राप्त भएका छन् र यी सूचनाको गम्भीरताका विषयमा हामी अनुसन्धान गरिरहेका छौं, सुरक्षा अधिकारीहरुले बताए ।