अख्तियारको विशेष अपरेशन भन्दै पैसा ठग्ने दम्पत्ति पक्राउ, फाईल मिलाउन १० लाख माग


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरका डिभिजनल इन्जिनियरसँग रु १० लाख माग गर्ने एक दम्पतीलाई आज अख्तियार दुरपयोग अनुसन्धान आयोग काठमाडौँंका विशेष टोलीले विराटगरस्थित रत्ना होटेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी बस्ने रामबहादुर भण्डारी र उनकी श्रीमती तुलसा भण्डारी रहेको र उनको साथबाट रु ५० हजारसमेत बरामद भएको छ । भण्डारीले आफू नेपाल हिन्दू धर्म संरक्षण मञ्चको कार्यबाहक अध्यक्ष रहेको बताउनुभएको छ । सो मञ्चको पर्चासमेत उहाँको झोलाबाट बरामद भएको छ । यस सम्बन्धमा सुनसरी–मोरङका डिई सुखदेव चौधरीले आफूलाई विगत दुई महिनादेखि पिसिओ र मोबाइलबाट ‘म अख्तियारको गणेश तिम्सिना बोलेको, तपार्इंमाथिको छानविनको फाइल मेरो टेबुलमा छ । तुरुन्त रु १० लाख दिनुस् । नत्र कारबाही हुन्छ’ भनेर पटकपटक धम्कयाउने गरेको बताउनुभयो । त्यसपछि, अख्तियारका गणेश तिम्सिनासँग सम्पर्क गर्दा त्यसरी फोन नगरेको जानकारी आफूले पाएसँगै यसबारे उजुरी गरेको उहाँले बताउनुभयो । यस सम्बन्धमा काठमाडाँैंबाट खटिएका विशेष टोलीले दुई जनालाई पक्राउ गरिएको र यस विषयमा थप अनुसन्धान गरिने सो टोलीले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?