दीपिका पादुकोणको कोड शब्द ‘माल’ को अर्थ सुन्दा एनसीबी अधिकारी नै निकै चकित !
एजेन्सी ।बलिउडमा यतिबेला चर्चित अभिनेत्रीहरूको ड्रग्स च्याट लिक भएसँगै थप रहस्यमय बनेको यो प्रकरण सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले दीपिका पादुकोणसँग पाँच घण्टा लामो बयान लिएको छ ।
दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रीत सिंहको नाम पनि जाडियो । एनसीबीले यी सबै अभिनेत्रीहरूलाई छोधपुछ गरेको छ । यसैबीच दीपिका पादुकोणको च्याटसँग सम्बन्धित एउटा ठूलो खुलासा भएको छ ।
जब दीपिका पादुकोण शनिबार एनसीबी कार्यालयमा उपस्थित भइन् एनसीबीले सबैभनदा पहिले दीपिकालाई यही प्रश्न सोधे जुन अभिनेत्रीले उनको २०१७ को ड्रग च्याटमा लेखिएको थियो । एनसीबीले दीपिकालाई सोधे, माल भनेको के हो ? दीपिकाले एनसीबीलाई जवाफ दिइन् हामी चुरोटलाई माल भन्छौं ।
मिडिया रिपोर्टमा बताइए अनुसार दीपिकाले एनसीबीलाई भनिन् हाम्रो सामानको कोड माल सिगरेट भनेको शब्द हो, । सोधपुछ कै क्रममा एनसीबीले दीपिका पादुकोणलाई सोध्यो ह्यास भनेको के हो ? दीपिकाले भनिन्, माललाई हामी सिगरेट र हस र वीड सिगरेटका प्रकारहरू हुन्, यसमा विभिन्न ब्रान्डको सिगरेटहरु पर्दछन् ।
मिडिया रिपोर्टका अनुसार एनसीबीले यसको उत्तरमा पनि प्रश्न उठायो र सोध्यो कि यी ह्यास र झार कसरी बिभिन्न ब्रान्डको सिगरेट हुन सक्छ ? दीपिकाले पनि यस प्रश्नको उत्तर एकदमै राम्रो गरी दिइन् ह्यास हामी पातलो सिगरेट र वीड फ्याट सिगरेट भन्छौं, । दीपिकाले स्पष्ट रूपमा एनसीबीलाई भनिन् हामी सिगरेट पिउँछौं तर तिनीहरू ड्रग्स होइनन् ।
दीपिकाले एनसीबीलाई आफ्ना कोड शब्दहरू स्पष्ट पार्दै भनिन्, हामी फिल्म जगतको बिचमा अन्तरक्रियाको क्रममा धेरै कोड शब्दहरू प्रयोग गर्दछौं । उनले भनिन् एनसीबीलाई केहि यस्ता शब्दहरू छन् जुन हामी कुराकानीमा कोड शब्द प्रयोग गर्दछौं ।