एडिलेड खुकुरी फुटवल क्लवले जित्याे दशै कप !
एडिलेड, अष्ट्रेलिया ।
एडिलेडमा सञ्चालित दशैं कप फुटवल प्रतियोगीतामा एडिलेड खुकुरी फुटवल क्लव (एकेएफसी) विजयी भएको छ । प्रतियोगितामा शहिद भगतसिह फुटवल क्लव(एसविस) उप विजेता भएको छ ।
एडिलेड खुकुरी फुटवल क्लवको आयोजनामा भएको प्रतियोगिताको आइतवार नै संचालित सेमिफाइनल खेलमा एडिलेड खुकुरी फुटवल क्लव९ एकेएफसी० ले एडिलेड ड्रयागन स्पोर्टिङ क्लवलाइ हराउदै फाइनलमा प्रवेश गरेको थियो ।सो खेलमा एकेएफसीका मानस वज्राचार्य उत्कृष्ट खेलाडी हुनु भएको थियो । त्यसै गरि अर्को सेमिफाइनलमा शहिद भगत सिह फुटवल क्लव (एसविएस)ले एडिलेड ड्रयाङन फुटवल क्लवलाइ हराउदै फाइनलमा प्रवेश गरेको थियो । सो खेलमा एसबिएसका वेनि सिह उत्कृष्ट खेलाडी घोषित भए । विभिन्न नौ टिम सहभागी प्रतियोगिताको फाइनल खेल उत्कृष्ट र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नेपाली राष्ट्रियका पुर्व सदस्य समेत रहेका एकेएफसीका जगदिश श्रेष्ठ घोषित भए ।
शनिवार आइतवार एडिलेडको भिक्टोरिया पार्क स्थित खेल मैदानमा संचालित प्रतियोगितामा एडिएससीका संजय माझी र एकेएफसीका जगदिश श्रेष्ठले ५(५ गोल गरेर सर्वाधिक गोलकर्ता बन्न सफल भए । प्रतियोगितामा प्रथम हुने टिमलाई रनिङ ट्रफी सहित १५०० डलर प्रदान गरिएको थियो भने दोस्रो हुने टिमलाइ ५०० डलर प्रदान गरिएको थियो । यसै गरि ३५ बर्ष उमेर माथीको छ वटा टिम सहभागी भएको भेट्रान समुह तर्फ व्रदर युनाइटेड फुटवल क्लव(बियुएफसी) विजेता र एडिलेड खुकुरी फुटवल क्लव९एकेएफसी० उप विजेता भएका थिए ।
विजेता टिमलाइ रनिङ ट्रफी सहित ५०० डलर र उप विजेताले २५० डलर प्रदान गरिएको थियो । यस समुहमा बियुफसीका मिलन राना उत्कृष्ट खेलाडी र नेपाली पाठशालाका कपिल पाण्डे सर्वाधिक गोल कर्ता हुनुभएको थियो । प्रतियोगितामा जुनियर समुह अन्तर्गत नेपाली पाठशाला विजेता र एडिलेड नेपाली विद्यालय उप विजेता भएका थिए भने महिला समुह तर्फ अफगान फुटवल क्लव बिजेता र एडिलेड ड्रयागन स्पोर्टिङ क्लव उपविजेता भएका थिए ।
आयोजक एडिलेड खुकुरी फुटवल क्लवका महासचिव राजन लामिछानेले २०१३वाट शुरु गरिएको दशै कपमा यस वर्ष नेपाली सहित भारतीय, भुटानी र अफगानी टिम समावेश भएको जानकारी दिए । उनले प्रतियोगितामा प्रतिकुल मौसमका वाबजुत दर्शकहरुको राम्रो उस्थिति रहेको बताए । महासचिव लामिछानेले प्रतियोगिता यहा रहेका नेपालीहरुका विचमा भाईचारा बढाउने तथा अन्य गैरनेपाली समुदायमा नेपाल र नेपाली चाड पर्व संस्कृति वारे जानकारी दिनुका साथै यहाँ हुर्केको नया पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नका लागि प्रत्यक वर्ष आयोजना गर्ने गरिएको बताए ।
आयोजक एडिलेड खुकुरी फुटवल क्लव तेस्रो डिभिजनमा खेलिरहेको क्लव हो ।