तीन दिन ल्होसार मनाउने तयारी, ल्होसारलाई महोत्सवका रुपमा मनाउन माग
ल्हुक ल्होसार २८५१ बृहत् मूल समारोह समितिले राज्यले नै सोनाम ल्होसार महोत्सव मनाउनुपर्नेमा जोड दिएको छ । विश्वको सबैभन्दा पुरानो सभ्यता भएको सोनाम ल्होसार तामाङ जातिमा मात्र सीमित नरहेको र यो राष्ट्रको गौरवमय संस्कृति र सभ्यतासँग जोडिएको पर्व भएको तर्क समितिको छ । ल्हुक सोनाम ल्होछारको अर्थ भेँडा नयाँ वर्ष हो । नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरूले वसन्त पर्वका रुपमा मनाउने गर्छन् । नेपाल तामाङ घेदुङको संयोजकत्वमा १२२ सङ्घसंस्थाको सहभागिता भएको ल्हुक ग्यु सोनाम ल्होसार २८५१ बृहत् मूल समारोह समिति गठन भइसकेको छ र समितिले माघ ६, ७ र ८ गते म्याराथन, सांस्कृतिक ¥याली, ल्होसार साँझ तथा पूजापाठ गरी मनाउने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा विश्व आदिवासी जनजाति महासङ्घ अन्तर्राष्ट्रि«य कमिटीका उपाध्यक्ष परशुराम तामाङले पहिचानको आधारमा सङ्घीयता निर्माण गर्नुपर्नेमा जोड दिँदै पहिचान नभएको संविधान बन्नै नसक्ने बताउनुभयो । मूल संयोजन समितिका सदस्य सचिव कुमार ब्लोनले हिन्दू धर्मसहित सबै जनजातिलाई बराबरी व्यवहार गर्ने राष्ट्रिय नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।