यस्तो भयो मगर समाज अष्ट्रेलियाले गरेको माघे संक्रान्ति महोत्सव २०१५
मगर समाज अष्ट्रेलियाको आयोजनामा शनिबार माघे संक्रान्ति महोत्सव सम्पन्न भएको छ । कार्यक्रम महोनी पार्क म्यारिकभिलमा आयोजना गरिएको थियो। महोत्सवमा मौलिक मगर वेषभुसा, खानाका परिकारका साथै अन्य विभिन्न स्टलहरु समेत राखिएको थियो। यसैगरी यस अवसरमा मगर जातिको पहिचान झल्किने विभिन्न परम्परागत सामग्रीहरुको प्रदर्शन मेलाको आकर्षण थियो। निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा मगर समूदायका व्यक्तिका साथै अन्य समूदायका नेपालीहरुको पनि बाक्लै उपस्थिति थियो। महोत्सवमा गायक खड्क गर्बुजा र मुना थापा मगर आकर्षणको केन्द्र भएपनि अन्य कलाकारहरुले पनि आफ्नो गीत, नृत्य प्रस्तुत गरेका थिए। यसैगरी महोत्सवमा परम्परा झल्काउने लिगलिग दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो। कार्यक्रममा उत्साहजनक सहभागिताका साथै आफ्नो संस्कृतिको प्रबद्र्धन र संम्बद्र्धनमा सहयोगी बनेको मगर समाज अष्ट्रेलियाले जनाएको छ। साथै समाजका अध्यक्ष नविन रानाले एक सन्देश प्रसारित गर्दै महोत्सवमा सहभागी सबैलाई धन्यवाद दिनुभएको छ।