मुम्बई इन्डियन्स आइपिएलको शीर्षस्थानमा !
काठमाडौँ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राती २० औं खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।
जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
बोल्टको आउट हुँदा राजस्थान १२–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि महिपाल लोमरोर र बटलरले ३० रनको साझेदारी गरेका थिए । महिपालले ११ रन बनाए ।
१५ औं ओभरको चौथो बलमा करनलाई पोलार्डले हार्दिक पान्ड्याबाट १५ रनमा क्याच आउट गराए । ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेम्श प्याटिनसनले दुई, राहुल चहर र काइरन पोलार्डले एक एक विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।
मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । डी ककले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो ।
किंग्स इलेभेन पन्जाबलाई ४८ रन र सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बईले अव अक्टोबर ११ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ । यो सँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ ।