कोलकात्ताद्धारा चेन्नइ सुपर किङ्स १० रनले पराजित !


काठमाडौँ । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । कोलकोताले दिएको १६८ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १५७ रन मात्र बनाएको थियो ।

चेन्नईका लागि शेनवाटसनले सर्बाधिक ५० रन बनाए भने अम्बाती रायडूले ३०, रविन्द्र जडेजाले २१, फाफ डुप्लेसिसले १७, महेन्द्र सिंह धोनीले ११, केदार जादभले ७ रन बनाएका थिए ।

कोलकोताका बलर सुनिल नारन, शिभम दुवे, कमलेस नगरकोटी, वरुण चक्रवर्ती र आन्द्रे रासेलले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो ।

कोलकोताका लागि राहुल त्रिपाठीले सर्बाधिक ५१ बलमा ८१ रन बनाएका थिए । राहुललाई अन्य ब्याट्सम्यानले साथ दिन सकेका थिएनन् । कोलकोताका लागि सुनिल नारनले १७, सुभमन गीलले ११, नितिश रानाले ९, इयोन मोर्गनले ७, आन्द्रे रासेलले २, कप्तान दिनेश कार्तिकले १२ र पाट कमिन्सले १७ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर डवाने ब्राभोले ३ विकेट लिएका थिए भने श्रदुल ठाकुर, करण शर्मा र साम कुरानले २–२ विकेट लिएका थिए । यो जितसँगै यस सिजनको आइपिएलमा कोलकोताले अहिलेसम्म ५ खेलमा ३ जित र २ हार बेहोरेको छ । त्यस्तै चेन्नईको भने ६ खेलमा यो चौथो हार हो । चेन्नईले अहिलेसम्म २ खेलमा जितेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?