प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र ‘भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अभिनेत्री ऋचा शर्माले पत्र लेखेकी छन् । शर्माले आफ्नो फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेकी हुन् ।
फेसबुकमा लेखिएको उक्त पत्रमा नायिका शर्माले दिनदिनै बढि रहेको बलात्कारका विषयलाई उठाएकी छिन् । दिनदिनै बढिरहेको बलात्कारका घटनाबाट आँफु आफ्नो छोरी जन्मिएको खण्डमा उनको सुरक्षाको विषयलाई लिएर चिन्तित हुन थालेको उल्लेख गरेकी छिन् ।
उनले महिला राष्ट्रपति भएको देशमा स–साना बालिकाहरू असुरक्षित हुनु र बलात्कार जस्तो जघन्य अपराध गर्नेहरू सामान्य कारबाहीमा छुट्नुले लज्जित महशुस हुन थालेको पनि उल्लेख गरेकी छिन् ।
शर्माले समग्र बलात्कार तथा दुर्व्यवहारका विरूद्ध सरकारले पर्याप्त कदमको विरूद्धमा उक्त पत्र लेखेकी छन् ।