दिल्ली क्यापिटल्स आइपीएलको शीर्ष स्थानमा !
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएको थियो ।
राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक ३८ रन बनाएका थिए भने यजश्यी जसिवलले ३४ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २४ रन बनाए भने जस बटलरले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
त्यस्तै दिल्लीका बलर कागीसो रबाडाले ३ विकेट लिए भने आर आश्विन र मार्कोस स्टोइनिसले २(२ विकेट लिएका थिए । त्यस्तै एनरीच नोर्त्जे, हर्षल पटेल र अक्सर पटेलले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
दिल्लीका लागि शिमरन हेटमेयरले सर्बाधिक ४५ रन बनाए भने मार्कोस स्टोइनिसले ३९ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्सर पटेलले १७, हर्षल पटेलले १६ रन बनाएका थिए ।
त्यसैगरी राजस्थान रोयल्सका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने, कार्तिक त्यागि, एन्ड्रयु टारे र राहुल तेबातियाले एक एक विकेट लिएका थिए । राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ । यो जितसँगै दिल्ली क्यापिटलले ६ खेलमा ५ खेलमा जित हासिल गर्दै १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ ।